ग्लोबल आइएमई बैंकको शेयर बिक्रीमा
१० आश्विन २०८१, बिहीबार ०८:३१
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्ना नाममा रहेको बिक्रीमा ल्याएका हुन् ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिने प्रावधान छ। यदि विद्यमान संस्थापक शेयरधनीहरूले शेयर खरिद गर्न असमर्थ भएमा मात्र अन्य व्यक्ति वा संस्थाहरूलाई शेयर बिक्री गर्न सकिने व्यवस्था गरिएको छ।
ग्लोबल आइएमई बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा सम्पर्क गरी शेयर खरिदका लागि निवेदन गर्न अनुरोध गरिएको छ।
उक्त अवधिमा निवेदन नदिएमा, अन्य व्यक्ति वा संस्थाहरूलाई शेयर बिक्री गर्न सकिने बैंकले जनाएको छ।