दुई महिनामा निर्जीवन लघुबीमाको व्यवसाय ११ करोड रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौँ । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१।०८२ को दुई महिनाको अवधीमा कुल ११ करोड ३ लाख रुपौयाँको बीमा ब्यवसाय गर्न सफल भएका छन् । हाल संचालनमा रहेका चार वटा कम्पनीले सो बीमा व्यवसाय गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ३ करोड १२ लाख रुपैयाँको व्यवसाय गरेको छ ।
साथै, चालु आर्थिक वर्षको दुई महिनामा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले दुई करोड ८० लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले दुई करोड ५८ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले दुई करोड ५२ लाख रुपैयाँको व्यवसाय गरेको छन् ।
यता, भदौमा मात्र नेपाल माइक्रोले एक करोड ७३ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले एक करोड ४४ लाख रुपैयाँ, स्टार माइक्रोले एक करोड ३४ लाख रुपैयाँ र ट्रस्ट माइक्रो ३५ लाख रुपैयाँको व्यवसाय गरेको हो ।