चालु आवको दुई महिनामा ९.३४% ले बढ्यो निर्जीवन बीमा व्यवसाय, नेपाल इन्स्योरेन्सको व्यवसाय ८५ प्रतिशतले बृद्धि

९ आश्विन २०८१, बुधबार १६:०६

काठमाडौं । चालु आवको भदौं मसान्तसम्मको कूल निर्जीवन बीमा व्यवसाय ९.३४ प्रतिशतले बृद्धि भएको छ । भदौं महिनामा आर्थिक क्षेत्र केही चलायमान भएको तथा नाडा अटो शोका कारण गाडीहरुको खरिद बिक्री बृद्धि भएकोले पनि निर्जीवन बीमाको व्यवसाय बृद्धि भएको देखिएकोछ ।

भदौं महिनामा सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको व्यवसाय बृद्धि भएको छ । सो कम्पनीको ८५ प्रतिशतले ब्यवसाय बृद्धि भएको देखिएको छ । त्यस्तै, दोस्रो नम्वरमा व्यवसाय बृद्धि गर्ने कम्पनीको रुपमा दि ओरियन्टलले ३४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, नेशनल इन्स्योरेन्स कम्पनीको व्यवसाय २३.९२ प्रतिशतले बृद्धि भएको छ । सिद्धार्थ प्रिमियरको १०.७८ प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा धेरै व्यवसाय गर्ने सलिकोको १०.६६ प्रतिशतले बृद्धि हुँदा शिखरको ९.२१ प्रतिशतले बृद्धि भएको छ । सलिकोको भदौं महिना सबैभन्दा धेरै व्यवसाय भित्राउने समय हो ।

त्यस्तै, हिमालयन एभरेष्टको ६ प्रतिशतले व्यवसाय घट्दा नेको इन्स्योरेन्स कम्पनीको ११.८७ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, अर्को उत्कृष्ट बृद्धि गर्नेमा एनएलजी इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीले १२.२८ प्रतिशतको बृद्धि हात पार्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*