भदौमा साढे १२ प्रतिशतले बढ्यो निर्जीवन बीमा ब्यवसाय, लुम्बिनी अग्र हुँदा शिखर र सिद्धार्थको प्रतिस्पर्धा

९ आश्विन २०८१, बुधबार १६:०२

काठमाडौँ । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले एक महिनामा मात्रै साढे ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को भदौ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले ३ अर्ब ४८ करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेको हुन् । जुन गत वर्ष भदौको तुलनामा १२.५१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९ करोढ ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

भदौ महिनामा सर्वाधिक ब्यवसायी वृद्धि गर्ने कम्पनीमा नेपाल इन्स्योरेन्स पहिलो नम्बरमा रहेको छ । कम्पनीले गत वर्षको तुलनामा आफ्नो ब्यवसाय ५७.६५ अकंले बढाएर १४ करोड ८५ लाख रुपैयाँ पुराएको हो ।

नेशनल इन्स्योरेन्स सर्वाधिक कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा दोस्रो नम्बरमा पर्ने सफल भएको छ । कम्पनीले भदौमा मात्र ब्यवसाय ३८.६० अकंले बढाएर १४ करोड ४९ लाख रुपैयाँ पुराएको छ ।

त्यस्तै, गत भदौको तुलनामा यस वर्ष भदौमा सर्वाधिक कुल बीमा शुल्क आर्जन गर्ने तेस्रो नम्बरमा राष्ट्रिय बीमा कम्पनीको ३३.०९ प्रतिशतले बढेर २९ करोड ७ लाख रुपैयाँ, चौथो नम्बरमा रहेको द ओरियन्टल इन्स्योरेन्सको २३.९५ प्रतिशतले बढेर १५ करोड २० लाख रुपैयाँ, पाँचौ नम्बर।मा एनएलजी इन्स्योरेन्सको २३.२४ प्रतिशतले बढेर २३ करोड १८ लाख रुपैयाँ र छैटो नम्बरमा रहेको सिद्धार्थ प्रिमियरको १५.४६ प्रतिशतले बढेर ३६ करोड रुपैयाँ पुगेको छ ।

यता, प्रभु इन्स्योरेन्सको ब्यवसाय १५.३२ प्रतिशतले बढेर १८ करोड ८७ लाख रुपैयाँ, आइजीआईको ११.३६ प्रतिशतले बढेर २७ करोड ३९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ८.९२ प्रतिशत, युनाइटेडल अजोडको ६.७० प्रतिशतले बढेर २० करोड, सानिमा जिआइसीको ६.५५ प्रतिशतले बढेर २१ करोड र सगरमाथा लुम्बिनीको ४.८० प्रतिशतले बढेर ३८ करोड रुपैयाँ पुगेको छ ।

गत भदौको तुलनामा यस वर्ष भदौमा नेको इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन २.३३ प्रतिशत र हिमालय एभरेष्टको ७.४० प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*