बुधबार पाँच कम्पनीका लगानीकर्ता मालामाल

९ आश्विन २०८१, बुधबार १५:१९

काठमाडौँ । शेयर बजारमा उच्च सुधार आउँदा लगानीकर्ता उत्साहित बनेका छन् । केहि दिन यता खुम्चि रहेको बजार आज सुधार देखिदा लगानीकर्ता हर्षत भएका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१८ अकंले बढेर २५१९.५७ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक लघुवित्त, सगरमाथा जलविद्युत र थ्रि स्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*