अर्ध शतकले बढ्यो नेप्सेः लगानीकर्तामा आशको दियो, कारोबार खुम्चिदा दशैंको दबाब कति ?

९ आश्विन २०८१, बुधबार १५:०५

काठमाडौँ । साताको चौथो कारोबारको दिन शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । केहि दिन यता निरन्तर खुम्चि रहेको पुँजी बजारमा आए भने रौनक देखिएको हो । कारोबार सुरु भएदेखि नै बजार उकायो यात्रा तिर लम्कि रहेको हो ।

बजार निरन्तर घट्दा २४ सय बिन्दुमा झरेको परिसूचक २५ सय माथि लम्कि रहेको छ । बजारमा देखिएको हरियो संकेतले लगानीकर्तामा आश पलाएको छ । पछिल्लो समय शेयर बजारलाई लिएर नियामक निकाय सक्रिय रहेको देखिन्छ । लगानीकर्तालाई कम्पनीको वित्तीय अवस्था, भावि योजना, नेटवर्थलगायतका सूचकको अध्ययन गरि शेयर खरिद गर्ने सूचना दिदै आइरहेको छ । जसले गर्दा लगानीकर्ताहरुको मनोबल थोरै भएपनि बढ्दै गएको छ ।

बजार घट्नुुपर्ने कुनै कारण नै नभएको भन्दै लगानीकर्ता केहि दशैको जोहो तिर झुम्मिदा केहि गिरावट देखिएको जानकारहरुका तर्क छन् । लगानीकर्ता अब कम्पनीको अवस्था हेरेर बजारमा प्रवेश गर्नुपर्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१८ अकंले बढेर २५१९.५७ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार १२ वटा उपसूचकमा हरियाली आएको छ । यसदिन विकास बैंक समूहको २.७५ प्रतिशत, वाणिज्य बैंक समूहको १.८० प्रतिशत, फाइनान्स समहको ३.८० प्रतिशत, होटल तथा पर्यटन समूहको ३.५० प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*