मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

९ आश्विन २०८१, बुधबार ०८:५८

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै असोज १० गतेदेखि १६ गतेसम्म संविधानको धारा २७१ बमोजिम हुने राजनीतिक दल दर्ता सम्बन्धी निवेदन आयोगमा दिइसक्न सूचित गरेको हो ।

सूचनामा असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीति दल सम्बन्धी नियमावली २०७४ को अनुसूचीि-१२ बमोजिमको ढाचामा निर्वाचन आयोग कान्तिपथस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनिएको छ । निवेदनको ढाँचा आयोगको आधिकारिक वेबसाइटमार्फत डाउनलोड गर्न सकिने तथा आयोगको सचिवालयबाट लिन सकिने भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*