सुपर मादी हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा
काठमाडौँ । सुपर मादी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारण सभा कात्तिक ५ गतेका लागि बोलाएको छ । सभा होटल इम्पेरीयल बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले ताप्लेजुङ जिल्लास्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने, सोसम्बन्ध र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बुक क्लोज गर्ने भएको छ ।