नेपाल पुनर्बीमामा सञ्चालकको बदमासी, अध्यक्ष-सञ्चालककै कारण डुब्दैछ १२ अर्बको सरकारी कम्पनी

८ आश्विन २०८१, मंगलवार २२:३४

काठमाडौं । नेपाल सरकारको लगानी रहेको र द्वन्दकालमा नेपाली बीमितहरुले तिरेको पैसाबाट स्थापना भएको नेपाल पुनर्बीमा कम्पनी डुबाउने सोही कम्पनीका सञ्चालकहरुले गम्भिर षडयन्त्रहरु गरिरहेको फेला परेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा सरकारले लामो समयदेखि अध्यक्ष नियुक्ती गर्न सकेको छैन । डा. रविन्द्र घिमिरेले दुई वर्ष अघि दिएको राजिनामा स्वीकृत गरेको छैन भने नयाँ अध्यक्ष नियुक्ती नगरी कामुको भरमा चलाइरहेकोमा अहिले सो पद समेत रिक्त हुन पुगेको छ ।

उता, कम्पनीका सञ्चालकहरुले बाहिर सूचना चुहाएर कम्पनीलाई डुबाउने खेल खेलेपछि धमाधम सबै बीमा कम्पनीहरुले शेयर बिक्री गरेर बाहिरिन पुगेको खुलेको छ । केही समयअघि मात्रै शेयर बिक्री गरेको एक बीमा कम्पनीका उच्च अधिकारीका अनुसार नेपाल पुनर्बीमा कम्पनीका यसअघिका कामु अध्यक्ष ईश्वर प्रसाद अर्याल र स्वतन्त्र सञ्चालक अनिता रायमाझीले मिलेर सूचना बाहिर चुहाएर शेयर बिक्रीमा चेलखेल गरेका थिए । सो कार्यमा नेपाल सरकारले नियुक्त गरेका मदन पोखरेलले समेत भूमिका खेलेका छन् ।

पछिल्लो समय ईश्वरी प्रसाद अर्याल, सञ्चालकहरु पोखरेल र रायमाझीले नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्न बाध्य पारेका थिए । सो बापत उनीहरुले के कति लाभ लिए भन्ने खुल्न बाँकी नै छ । सञ्चालक र अध्यक्षकै खुराफातीका कारण अधिकांश निर्जीवन बीमा कम्पनीहरुले शेयर बिक्री गरेर बाहिरिसकेका छन् । कम्पनीका संस्थापकहरु नै बाहिरिँदा समेत अध्यक्ष अर्याल र नेपाल सरकारले नियुक्त गरेका अर्का सञ्चालक पोखरेलले एक पटक पनि बीमा कम्पनीहरुसँग परामर्श गरेका थिएनन् ।

नेपाल पुनर्बीमा कम्पनीलाई डुबाउने कार्यमा संलग्न अध्यक्ष पोखरेल अर्थमन्त्रालयबाट अवकास लिएसँगै गत साउन २३ गतेबाट विदा भएका छन् । अहिले बाँकी रहेका सञ्चालकहरु मदन पोखरेल र अर्का सञ्चालक रायमाझीको टोलीले नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्रीका लागि बिशाल ग्रुपलाई घेराबन्दी गरेका थिए । सो घेराबन्दीसँगै बिशाल ग्रुपले शेयर बिक्री गर्ने निर्णय गरेर कम्पनीमा निवेदन दिइसकेको बुझिएको छ ।

नेपाल सरकारको करिब छ अर्बभन्दा बढि लगानी रहेको सरकारी कम्पनीका सञ्चालकहरु र अध्यक्ष नै मिलेर डुबाउन सफल भएपछि अब उक्त कम्पनीको भविष्य संकटमा पर्न गएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*