दिपल गाडीको ब्रान्ड एम्बेसडरमा पूर्वक्रिकेटर पारस खड्का नियुक्त

८ आश्विन २०८१, मंगलवार १७:५५

काठमाडौं । दिपल गाडीको ब्रान्ड एम्बेसडरमा पूर्वक्रिकेटर पारस खड्का नियुक्त भएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच नेपालको लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले खड्कालाई ब्रान्ड एम्बेसडर बनाएको हो ।

चिनियाँ सवारी निर्माता चांगन अटो ग्रुपले तयार गरेको विद्युतीय गाडी दिपल नेपालमा पनि छोटो समयमै लोकप्रिय बनिसकेको छ । ग्राहकहरुको पहिलो रोजाईमा परेको दिपलको खड्का ब्रान्ड एम्बेसडर बनेपनि अझै प्रचार प्रसारण हुने विश्वास कम्पनीले राखेको छ ।

एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई ब्रान्डको एम्बेसडरको रूपमा स्वागत गर्दै यो सहकार्यले संस्थाको विकासमा पनि मद्दत पुग्ने बताए ।

खड्काले दिपलको ब्रान्ड एम्बेसडर बन्दा खुसी व्यक्त गरे । उनले दिपलको गाडि आफुले नि प्रयोग गरेको यो गाडी पर्फर्मेन्समा दमदार रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*