प्राइम कलेज र केपिएमजी बीच सम्झाैता, नेपालबाटै सिपिए पढ्न पाइने

८ आश्विन २०८१, मंगलवार १६:५१

काठमाडाैं । काठमाडाैंकाे नयाँ बजारमा रहेकाे प्राइम कलेजले गुणस्तरीय शिक्षाकाे लागि प्रख्यात शैक्षिक संस्था केपिएमजीसँग सहकार्य गर्ने सम्झाैता गरेकाे हाे ।

बेलायती संस्था केपीएमजीसँगकाे सहकार्यमा प्राइम कलेजले शैक्षिक गुणस्तरमा व्यापक सुधार गर्ने वविश्वास गरिएकाे छ ।

सम्झाैता पत्रमा प्राइम कलेजका सिइओ बिभाष बासुकला र केपिएमजी इण्डियाका सुब्राे भट्टाचार्यले हस्ताक्षर गरेका छन् । साे कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा सिविफिनका अध्यक्ष उपेन्द्र पाैडेलले केपिएमजीसँगकाे सहकार्यमा प्राइम कलेजकाे स्तर नै बृद्दि हुने आशा व्यक्त गरेका छन् ।

केपिएमजीले सञ्चालन गर्ने सिपिए काेर्स नेपालबाट प्राइम कलेजबाट उक्त काेर्स पढेर फाइदा लिन सक्नेछन् । सिपिए अमेरिकामा लेखा सम्बन्धी कार्यकाे लागि सिए जस्तै काेर्स हाे ।

समझदारी पत्रमा हस्ताक्षरपछि प्राइम कलेजका सिइओ बासुकलाले सिए र एसिसिए भन्दा सस्ताे मुल्यमा सिपिए पढ्न पाउने बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*