निरन्तर सुस्ताउँदै शेयर बजारः अर्बौ रकम गुम्दा छटपटीमा लगानीकर्ता, कहिलेसम्म ओरालो यात्रा ?

८ आश्विन २०८१, मंगलवार १५:०६

काठमाडौँ । शेयर बजार निरन्तर सुस्ताउँदै गइरहेको छ । बजारमा आइरहेको गिरावटले लगानीकर्तामा हैरानी थप्दै गएको हो । अस्वभाविक रुपमा उचालिएको बजार निरन्तर ओरालो लागि रहदा लगानीकर्ताको माटो रकम बलुवामा पानि झै भएको छ ।

लगानीकर्ताको मनोबल समेत समेत खुम्चिदै गएको छ । शेयर बजारलाई मद्दत गर्ने सबै सूचक सकारात्मक रहेको बेला समेत बजार ओरालो लाग्दा लगानीकर्ता छटपटीमा रहेका हुन् । बैंकको ब्याजदर घट्दा समेत कर्जाको माग समेत बढ्न सकेको छैन ।

नियामक निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक सूचना जारी गर्दै लहलहैमा शेयर खरिद नगर्ने आग्रह गरेको छ । कोहि पनि जानकार नरहेको भन्दै कम्पनीको बोलिले भन्दा कम्पनीको वित्तीय अवस्था र भावि योजना हेरर लगानी गर्ने आग्रह नेप्सेले गरेको हो ।

दशै अघि शेयर बजारमा बिक्री दबाब बढीको आंकलन भइरहेको छ । दशै नजिकिदै गर्दा लगानीकर्ता खर्च जोहो गर्ने तिर हाबि भएका छन् । बिक्री दबाब बढ्दा बजार ओरालो लागि रहेको देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अकंले घट्दा २४७० बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

आज १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको २ प्रतिशत, विकास बैंक समूहको ३.०३ प्रतिशत, फाइनान्स समूहको ४.६० प्रतिशत, होटल तथा पर्यटन समूहको २.६६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको २.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*