२४ सय बिन्दुमा झर्यो नेप्से परिसूचक
८ आश्विन २०८१, मंगलवार १४:००
काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागेको छ । बजार आज २४ सय बिन्दुमा आएको हो । दिउँसो १ः१७ बजेपछि नेप्से २४ सय बिन्दुमा आएको हो ।
यो समाचार तयार पार्दा अर्थात १ः५७ बजेसम्म नेप्से ४१.५१ अकंले घटेर २४८७ बिन्दुमा आएको छ । कारोबार रकम समेत ३ अर्ब १५ करोडमा सीमित छ ।