रवि लामिछानेले आफैंले गिरफ्तारी दिने
८ आश्विन २०८१, मंगलवार १०:५३
काठमाडौं । सहकारीको रकम अपचलनमा संलग्न भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गिरफ्तारी दिने भएका छन् । पार्टी सभापतिको गिरफ्तारी दिने सन्दर्भमा पार्टीले आधिकारिक निर्णय गरेको एक पदाधिकारीले बताएका छन् ।
पार्टी उपसभापति स्वर्णिम वाग्लेसहितका सांसदहरु चीन भ्रमण छोट्याएर काठमाडौं फर्किए लगत्तै निर्णयले थप आधिकारिकता पाउने र लामिछानेले गिरफ्तारी दिने ती पदाधिकारीले बीमापोष्टलाई बताए । वाग्लेसहितका १४ सांसदहरु तत्काल टिकट नपाएका कारण चीन मै रोकिएका र वुधबार मात्रै उनीहरु फर्किन लागेको बताइएको छ ।
उनले भने, ‘गिरिफ्तारी दिने भनेर आधिकारिक निर्णय नै भइसक्यो । कानून अनुसार के हुँदो रहेछ र हामीविरुद्धको मोर्चाबन्दी कति टिक्दो भरहेछ भन्ने हेर्नलाई समेत पार्टी सभापतिको गिरफ्तारी दिने निर्णय भएको हो ।’