लाभांश पारितका लागि गुराँस लघुवित्तले असोज २९ गते बोलायो साधारण सभा

८ आश्विन २०८१, मंगलवार १०:४०

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा असोज २९ गतेका लागि बोलाएको छ । सभा होटल कान्जिरोवा धनकुटा नगरपालिका वडा नं। १, हिले धनकुटामा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असोज १६ गते बुकक्लोज गर्ने भएको हुँदा असोज १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*