सुनको मूल्यले एकपछि अर्का नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?

८ आश्विन २०८१, मंगलवार १०:३१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्का नयाँ रेकर्ड बनाइरहेको छ । सुन आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सोमबारको हालसम्मकै उच्च रेकर्डलाई मंगलबार तोडिएको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*