त्रिविमा २०५८ देखि परीक्षा दिन छुटेकाहरुलाई मौका, एआई प्रयोग गर्न नपाइने

८ आश्विन २०८१, मंगलवार १०:०४

काठमाडौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएकाहरुलाई त्रिभुवन विश्वविद्यालयले यो पल्ट मौका परीक्षा दिन पाउने अवसर दिएको छ ।

त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यता र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो ।

यो निर्णयको सूचना त्रिविले मंगलबार सार्वजनिक गरेको छ । मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरु सहभागी हुन पाउने भनी सूचनामा प्रष्ट भनिएको छ ।

समितिले त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*