गरिमा विकास बैंकद्वारा ऋण नतिर्न १३ जना ऋणीहरुको नाम सार्वजनिक

८ आश्विन २०८१, मंगलवार ०९:४९

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न कर्जा शीर्षकमा लिएका १३ जना ऋणीहरूलाई कर्जा चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले कर्जा तिर्न पटक–पटक मौखिक र लिखित तरताकेता गर्दा समेत बेवास्ता गरेका ऋणीहरूलाई बाँकी रहेको साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुरसहितको रकम भुक्तानी गर्न आग्रह गरेको हो ।

बैंकले ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा कानूनी प्रक्रिया अनुसार धितोमा रहेको चल–अचल सम्पत्ति लिलामी गरी असुल उपर गरिने चेतावनी दिएको छ। साथै, समयमै कर्जा भुक्तान नगर्ने ऋणीहरूको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराउन समेत सिफारिस गरिने बताइएको छ।

ऋणीहरूले बैंकसँग गरेको कर्जा सम्बन्धी शर्त उल्लङ्घन गरेको जनाउँदै, बैंकले कर्जा नियमित वा चुक्ता भुक्तानी नगरे कानूनी कारबाही अगाडि बढाइने जानकारी गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*