इन्फिनिटी लघुवित्तद्वारा ऋणीहरूलाई १० दिन भित्र कर्जा चुक्ता गर्न चेतावनी, सम्पत्ति लिलाम गरिने

८ आश्विन २०८१, मंगलवार ०९:३१

काठमाडौैँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ऋणीहरुलाई १० दिन भित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ। राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त संस्थाले कर्जा लिएका तर समयमै चुक्ता नगर्ने ऋणीहरुलाई धितो रहेको चल।अचल सम्पत्ति लिलामीमा बिक्री गरिने चेतावनी दिँदै एक सूचना प्रकाशित गरेको हो।

यो सूचना दोस्रो पटक २०८१ असोज ८ गते प्रकाशित गरिएको छ। यसअघि प्रकाशित सूचनापछि पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो सम्पत्ति लिलामीमा राख्ने निर्णय संस्थाले गरेको छ। सम्बन्धित ऋणी तथा धितो जमानत दिने पक्षले यो सूचना जारी गरिएको मितिदेखि १० दिन भित्र सम्पूर्ण कर्जा, ब्याज सहित चुक्ता गर्नुपर्नेछ।

सूचनामा उल्लेख भएअनुसार, सम्बन्धित ऋणीहरुले समयभित्र कर्जा चुक्ता नगरेको खण्डमा, धितो रहेको चलरअचल सम्पत्ति लिलाम बिक्री गरिनेछ। साथै, यसबारेमा कुनै उजूरी गर्न नपाइने जानकारी समेत सूचनामा उल्लेख गरिएको छ। लिलाममा बिक्री हुन नसकेको सम्पत्तिलाई वित्तीय संस्थाले आफैं सकार गर्नसक्ने प्रावधानसमेत रहेको छ।

यसैगरी, लिलामीमा भाग लिन इच्छुक व्यक्तिहरुले यो सूचनाको प्रथम पटक प्रकाशन मिति २०८१ भदौ २४ देखि २५ दिन भित्र शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। प्राप्त बोलपत्रहरू २६ औं दिनमा खोलिने जनाइएको छ, जसको मूल्याङ्कन आधारमा सम्पत्ति बिक्री प्रक्रिया अगाडि बढाइनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*