कुमारी बैंकको १ लाख ९ हजार कित्ता शेयर बिक्रीमा

८ आश्विन २०८१, मंगलवार ०९:०२

काठमाडौँ। कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९ हजार ८६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

तोकिएको अवधि भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*