नेशनल लघुवित्तबाट बाहिरिँदै चार जना संस्थापक

८ आश्विन २०८१, मंगलवार ०८:५२

काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १५ हजार ६६१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

कुनै आवेदन प्राप्त नभएका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*