एकैपटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ८ जना संस्थापक बाहिरिँदै
८ आश्विन २०८१, मंगलवार ०८:२०
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फका ८ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल १ लाख ९० हजार ५६९ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य पनि खुलाइएको छैन । शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशि भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
कुनै आवेदन नपरेको खण्डमा भने सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइनेछ ।