‘अटो शो’ व्यवसायीका लागि फलदायीः दुई महिनामा एक हजार ६०२ वटा ईभी आयात, कुन किलोवाटका कति ?

काठमाडौँ । भदौमा संचालन भएको नाडा अटो शो २०२४ अटो ब्यवसायीहरुका लागि फलदायी भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को २ महिनामा मात्रै ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँका एक हजार ६०२ वटा विद्युतीय सवारी (कार,जीप र भ्यान) नेपाल भित्रिएका हुन् । भदौ महिनामा मात्रै १२२१ वटा ईभी नेपाल आएका हुन् ।  भदौ महिनामा आयात भएका ईभी गाडि साउन महिनाको तुलनामा ३.२० गुणाले बढी हो । साउन महिनामा  ३८१ वटा मात्र ईभी गाडि नेपाल भित्रिएका  थिए । पछिल्लो समय नेपाल अटो बजारमा विद्युतीय सवारीको दबदबा छ । महिनौपिच्छे ठुलो परिणामा विद्युतीय सवारी आयात हुने गरेको छ । अझ नाडा अटो शो २०२४ ले थप विद्युतिय सवारीमा ग्राहकहरुको आकर्षण थपेको छ । साथसाथै, नजिकिरहेको दशैका लागि पनि नेपालमा ईभी आयात ह्वात्तै बढको छ । नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिकिा र इन्डोनेसिया लगायतका मुलुकहरुबाट विद्युतीय गाडी आयात हुने गरेको छ । हाल ती मुलुकहरुबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि आयात हुँदै आएका छन् । हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन् । हाल बिवाइडी, हुण्डाई, किया, महिन्द्रा, टाटा, एमजी र जस्ता चर्चित ब्रान्डको विद्युतीय कारहरू नेपालमा धेरै लोकप्रिय छन् । गाडि आयातले राज्यलाई प्राप्त राजस्वमा … Continue reading ‘अटो शो’ व्यवसायीका लागि फलदायीः दुई महिनामा एक हजार ६०२ वटा ईभी आयात, कुन किलोवाटका कति ?