‘अटो शो’ व्यवसायीका लागि फलदायीः दुई महिनामा एक हजार ६०२ वटा ईभी आयात, कुन किलोवाटका कति ?

७ आश्विन २०८१, सोमबार १८:०५

काठमाडौँ । भदौमा संचालन भएको नाडा अटो शो २०२४ अटो ब्यवसायीहरुका लागि फलदायी भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को २ महिनामा मात्रै ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँका एक हजार ६०२ वटा विद्युतीय सवारी (कार,जीप र भ्यान) नेपाल भित्रिएका हुन् ।

भदौ महिनामा मात्रै १२२१ वटा ईभी नेपाल आएका हुन् ।  भदौ महिनामा आयात भएका ईभी गाडि साउन महिनाको तुलनामा ३.२० गुणाले बढी हो । साउन महिनामा  ३८१ वटा मात्र ईभी गाडि नेपाल भित्रिएका  थिए ।

पछिल्लो समय नेपाल अटो बजारमा विद्युतीय सवारीको दबदबा छ । महिनौपिच्छे ठुलो परिणामा विद्युतीय सवारी आयात हुने गरेको छ । अझ नाडा अटो शो २०२४ ले थप विद्युतिय सवारीमा ग्राहकहरुको आकर्षण थपेको छ । साथसाथै, नजिकिरहेको दशैका लागि पनि नेपालमा ईभी आयात ह्वात्तै बढको छ ।

नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिकिा र इन्डोनेसिया लगायतका मुलुकहरुबाट विद्युतीय गाडी आयात हुने गरेको छ । हाल ती मुलुकहरुबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि आयात हुँदै आएका छन् । हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन् । हाल बिवाइडी, हुण्डाई, किया, महिन्द्रा, टाटा, एमजी र जस्ता चर्चित ब्रान्डको विद्युतीय कारहरू नेपालमा धेरै लोकप्रिय छन् ।

गाडि आयातले राज्यलाई प्राप्त राजस्वमा समेत ठुलो टेवा पुगेको छ । साउन र भदौ महिनामा मात्रै ईभी गाडि आयातबाट सरकारलाई २ अर्ब ३१ करोड २२ लाख ४ हजार रुपैयाँ राजस्व प्राप्त भएको हो ।

साउनमा ५० किलोवाटका ५६० वटा, ५१ देखि १०० किलोवाटका ९३८ वटा, १०१ देखि २०० किलोवाटसम्मका ९९ वटा विद्युतीय सवारी आयात भएका छन् । विभागका अनुसार २०१ देखि ३०० किलोवाटका भने ३वटा मात्रै आयात भएको छ । यस्तै, ३०० किलोवाट भन्दा बढी मोटर पिक पावर भएको भने एक वटा मात्रै आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यो वर्ष नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म नाडा अटो शोको आयोजना गरेको थियो । बृहत प्रदर्शनीमा वटा २४ चारपाङ्ग्रे बान्डहरू, १९ वटा दुई पाङ्गे १२ हल्का व्यावसायिक सवारी साधन बान्डहरू प्रदर्शन गरेको हो । जसमा ग्राहकहरुको आकर्षण निकै उच्च रहेको थियो । नाडा शोमा ४ हजारभन्दा बढी ईभी गाडि बुकिङ भएका थिए । जसले आयात निकै उच्च बन्न पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*