२ महिनामा साढे २ खर्ब आयात हुँदा २५ अर्बको निर्यात, ब्यापार घाटा कति ?

७ आश्विन २०८१, सोमबार १७:२८

काठमाडौँ । चालु आर्थिक वर्षको २ महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको समान आयात भएको छ । भन्सार विभागको तथ्याङ अनुसार यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको आयात गत आर्थिक वर्षको तुलनामा १.०८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बस्तु आयात २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँको भएको थियो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको २ महिनाको तुलनामा चालु आर्थिक वर्ष निर्यात ५.१२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको भदौसम्ममा २५ अर्ब ९ करोड ३१ रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।

यता, व्यापार घाटा १.७८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको २ महिनामा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख करोड रुपैयाँ पुगेको हो ।

‘अटो शो’ व्यवसायीका लागि फलदायीः दुई महिनामा एक हजार ६०२ वटा ईभी आयात, कुन किलोवाटका कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*