दुई कराेडकाे कम्पनीमाथि आठ कराेडकाे मुद्दा लाग्ने, सिप्ला सेक्युरिटिजकाे भविष्य के हाेला ?

७ आश्विन २०८१, सोमबार १६:४५

काठमाडौँ । स्टक ब्रोकर सिप्ला सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. २०) हाल वित्तीय समस्यामा परिरहेको छ । कम्पनीले लगानीकर्ताहरूको शेयर बिक्रीको प्राप्त रकम फिर्ता गर्न नसक्ने अवस्था सिर्जना भएको छ । २५ वर्षअघि ब्रोकर लाइसेन्स प्राप्त गरेको सिप्ला सेक्युरिटिजको वित्तीय स्थिति अत्यन्त नाजुक रहेको देखिएको हो ।

हालैको घटनामा, कम्पनीले लगानीकर्ता दीपेन्द्र अग्रवाललाई ८ करोडको चेक जारी गर्दा त्यो चेक बाउन्स भएको कुरा सार्वजनिक भएको छ । अग्रवालले सामाजिक सञ्जालमार्फत ग्लोबल आइएमई बैंकबाट बाउन्स भएको चेकको फोटोसहित जानकारी बाहिर ल्याएका छन् । चेक बाउन्स भएको तथ्य बाहिरिएपछि, सिप्ला सेक्युरिटिजसँग जोडिएका अन्य १० हजार ग्राहकहरू पनि त्रसित बनेका हुन् । सिप्ला सेक्युरिटिजको चुक्तापूँजी २ करोड मात्र रहेको छ । जस कारण यो संकटग्रस्त ब्रोकरको रुपमा परेको हो ।

अग्रवालले सिप्ला सेक्युरिटिजबाट गरेको शेयर कारोबारपछि उनले पाउने रकमको लागि चेक जारी गरिएको थियो । तर, चेक बाउन्स हुनु भनेको कम्पनीको वित्तीय अवस्था निकै कमजोर भएको संकेत हो , चेक बाउन्स हुनु केवल एक व्यक्ति वा एक व्यापारको समस्यामात्र होइन, यो कम्पनीको समग्र व्यवस्थापन र वित्तीय विश्वसनीयतामा गम्भीर प्रश्न उठेको छ । अब यो कानुनी प्रक्रियामा अघि बढी सकेको छ जस कारण कम्पनीको भविष्य माथि नै प्रश्न खडा भएको छ ।

सिप्ला सेक्युरिटिजका ग्राहकहरूले अहिले आफ्नो लगानीको भविष्य र सुरक्षा बारेमा सोध्न थालेका छन् । कम्पनीको विश्वसनीयता प्रभावित भएको अवस्थामा, लगानीकर्ताहरूले अन्य ब्रोकरहरूको खोजी गर्न थालिसकेका हुन् । यसले सिप्ला सेक्युरिटिजको व्यवसायमा ठूलो असर पर्ने देखिएको छ ।

नेपाली लगानीकर्ताहरूको संरक्षणका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकरले गरि रहेको बदमासीको विषयलाई अध्ययन गर्नु आवश्यक रहेको छ । तर, ब्रोकरले आँखै अगाडि गल्ती गरेको देखेपनि गुपचुप बस्ने नेप्सेले कारबाही गर्ने आशा लगानीकर्ता छैन । थोत्रो सिस्टमका कारण आफै जानुक अवस्थामा रहेको नेप्से लगानीकर्ता शेयर किनबेच हुनबाट सन्चित हुँदा समेत आँखामा पट्टी बाधेर बसेको घटना धेरै छन् ।

४८ करोड भन्दा बढी रकम फिर्ता नगरेको अग्रवालाको दाबी

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवालले सिप्ला सेक्युरिटीज लिमिटेड ४८ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नगरेको बताएका छन् । अग्रवालले आज एक विज्ञप्ति जारी गर्दैै यस्तो बताएका हुन् । अग्रवालले विगत ३० वर्षदेखि शेयर बजारमा सक्रिय रही दोस्रो बजारवाट विभिन्न कम्पनीका शेयर खरिद–बिक्री गर्दै आएका छन् । पाँच वर्षदेखि सिप्ला सेक्युरिटिजमार्फत कारोवार गर्दै आएका अग्रवालले पछिल्ला तीन वर्षदेखि आफ्नो कारोबारको हिसावकिताब मिलानमा ढिलाइ भएको बताएका छन् । सिप्ला सेक्युरिटिजको लेजर बमोजिम २०८१ वैशाख २३ सम्ममा अग्रवालले उक्त ब्रोकर कम्पनीबाट पाउनुपर्ने कुल रकम ४८ करोड ३३ लाख ९८ हजार रुपैयाँ रहेको पाइएको छ ।

यता, ब्रोकर कम्पनीले दीपेन्द्र अग्रवालले १६ करोडको चेक लिएर भागेको भन्दै सबै ब्रोकरलाई सम्बोधन गर्दै दीपेन्द्र अग्रवालको कारोबार नगर्न नगराउन अनुरोध गरेको छ।

 

लगानीकर्ता अग्रवालद्वारा सिप्ला सेक्युरिटिजमाथि कारबाहीको माग, नेप्सेलाई पठाए पत्र

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*