बजारमा भारि गिरावटः निरन्तर गुम्दै लगानीकर्ताको अर्बौ रकम, दशैको दबाब कि चलखेल ?

७ आश्विन २०८१, सोमबार १५:०४

काठमाडौँ । आइतबार बढेको शेयर बजार सोमबार पुनः ओरालो लागेको छ । लगानीकर्ताको खुसी लामो समय टिक्न सकेन । आजको बजार गिरावटलाई केही विश्लेषकले दशैंको चासो र बिक्रीको लहरसँग जोडिरहेका छन् भने अरूले यसमा सीमित चलखेलको असर रहेको बताइरहेका छन् ।

शेयर बजारको चालमा लगानीकर्ताको मनोबल महत्वपूर्ण भूमिका खेल्दछ । वर्तमानमा लगानीकर्ताको मनोबल कमजोर देखिनु बजारको ओरालोका मुख्य कारणमध्ये एक हो । यसले गर्दा बजारमा पर्न गएको गिरावटलाई सामान्य रूपमा लिन सकिन्छ ।

विशेषज्ञहरूको अनुसार दशैंको नजिकिएको समयमा बजारमा बिक्रीको चाप बढ्न सक्छ, जसले गर्दा बजारको उतारचढावमा असर पर्न सक्छ । साथै, केही लगानीकर्ताहरूले बजारको वर्तमान अवस्थालाई आफ्नो रणनीतिक लाभको लागि प्रयोग गरिरहेका हुन सक्ने आंकलन भइरहेका छन् ।

अहिले बजार ३२ सय माथि पुग्ने आशले २८।२९ सय परिसूचक हुँदा शेयर खरिद गर्ने लगानीकर्ताको लगानी डुबेको छ । लह–लहैका शेयर खरिद गर्दा सोझा र नवप्रवेशीहरुको लगानी बालुवामा पानि झै भएको छ । नेप्से समेत शेयर बजारमा कोहि बजार विश्लेषक नभएको भन्दै कम्पनीको अवस्था हेरेर लगानी गर्ने आव्हान गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.०२ अकंले घटेर २५२९.३३ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको १.२७ प्रतिशत, विकास बैंक समूहको २.४६ प्रतिशत, फाइनान्स समूहको ५.५६ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.३४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*