मुक्तिनाथ कृषि कम्पनी र आकास टेकबीच सम्झौता, ग्राहक संचारमा सुधार आउने

७ आश्विन २०८१, सोमबार १२:११

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीले आकास टेक प्रालिसँग सहकार्य गर्दै उन्नत बल्क एसएमएस र एपीआई सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। यस सम्झौताले कम्पनीको ग्राहक र सरोकारवालाहरूसँगको संचारलाई थप प्रभावकारी र सुचारु बनाउने अपेक्षा गरिएको छ।

सम्झौतापछि ग्राहकहरूसँगको संवादलाई डिजिटल माध्यमबाट छिटो, सहज र विश्वसनीय बनाउन मद्दत पुग्नेछ। मुक्तिनाथ कृषि कम्पनीले यसलाई ग्राहकहरूसँगको सम्बन्ध सुधार्न र उनीहरूको आवश्यकताहरू तत्काल सम्बोधन गर्न उपयोगी कदमको रूपमा लिएको छ।

सम्झौता हस्ताक्षर समारोहमा उपस्थित दुबै पक्षले भविष्यमा अझ प्रविधिमैत्री र सेवा केन्द्रित रणनीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*