सिप्रदीको षडयन्त्रमा बन्द भएको हेटौंडा-टेकु रज्जुमार्गले पुुर्नजीवन पाउँदै

७ आश्विन २०८१, सोमबार ११:१३

काठमाडौं । मुलुकमा द्वन्द्वकालीन अवस्थाको मौका छोपेर टाटाको विक्रेता कम्पनी सिप्रदी ट्रेडिङको डिजाइनमा बन्द भएको हेटौंडा–टेकु रज्नुमार्ग (रोपवे)ले पुर्नजीवन पाउने भएको छ ।

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा परेसँगै हेटौंडा-टेकु रोपवेले पुर्नजीवन पाउने सम्भावना बढेको हो । बागमती सरकारले आइतबार सार्वजनिक गरेको ७६ बुँदे न्यूनमत साझा कार्यक्रममा संघीय सरकारसँग सहकार्य र समन्वय गरेर रोपवे सञ्चालनमा ल्याउने उल्लेख छ ।

चन्द्र शमशेरका पालामा निर्माण भएको रोपवे मकवानपुरको भैंसेस्थित सवस्टेशनमा समस्या आएपछि २०५६ सालदेखि बन्द भएकाे थियाे । आफै बन्द भएको भनिए पनि वास्तविकता अर्कै रहेको बताइन्छ । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको लगानी रहेकाे भारतीय गाडी कम्पनी टाटाकाे नेपाली विक्रेता सिप्रदी ट्रे डिङले गरेको सेटिङ अनुरुप रोपवे बन्द गरिएकाे थियाे ।

हेटाैडाबाट काठमाडाैं दैनिक सयाै बाेरा, सिमेन्ट, चिनि, नुन, चामल लगायतका सामान ढुवानी गर्न राेपवे उपयाेगी थियाे । सिप्रदीले टाटाकाे ट्रक बिक्री गर्ने याेजना अनुरूप राेपवेमाथि षडयन्त्र भएकाे थियाे ।

सिप्रदीमा ज्ञानेन्द्र शाह समेतको लगानी भएका कारण रोपवे बन्द गर्ने योजना सफल भएको र त्यो बन्द भएपछि तत्कालीन समयमा टाटाका ३५ हजार ट्रक बिक्री भएको हेटाैडाका पुराना राजनितिज्ञहरूकाे भनाई छ । चन्द्र शमशेरले हेटौंडा–टेकु रज्जुमार्गअघि १९८३ मा धाेर्सिङदेखि मातातीर्थसम्मको पहिलो रञ्जुमार्ग निमार्ण गर्न लगाएका थिए ।

सिप्रदीकाे यडयन्त्रमा परेकाे राेपवे तत्काल चल्न सक्ने अवस्था त छैन तर मुआब्जा दिन नपर्ने भएकाेले नयाँ बनाउन सकिने अवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*