रास्वपा कार्यकर्ताले कालोझण्डा देखाउने भनेपछि न्यूयोर्कमा प्रधानमन्त्रीको सम्मान कार्यक्रम रद्द

७ आश्विन २०८१, सोमबार ०९:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार अमेरिकाको न्यूयोर्कमा आयोजना गरिएको स्वागत तथा अन्तरक्रिया कार्यक्रम रद्द भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्यूयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघ संगठनले प्रधानमन्त्री र पराराष्ट्रमन्त्रीलाई कालो झण्डा देखाउने भन्दै सामाजिक संजालमा आह्वान गरेलगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआईपीहरुको सुरक्षा गर्न नसक्ने जानकारी दिएको थियो ।

त्यसपछि कार्यक्रम रद्द गरिएको न्यूयोर्कस्थित महावाणिज्यदूतावासले जानकारी दिएको छ । उसले आयोजकका तफबार्ट दुःख समेत प्रकट गरेको छ । रास्वपाका विदेश विभागका पदाधिकारी तथा कार्यकर्ताको हर्कतलाई जानकारहरुले कुसंस्कार भनेका छन् ।

अधिवक्ता भूपेन्द्र पोखरेलले यो विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा, ‘नेपाली संस्कार हो…? विदेशी भूमिमा आफ्नो देशका सम्मानीय प्रधानमन्त्री कार्यक्रmममा जाँदा नारा जुलुस गर्नु त ठिक हैन की..?’ भनी लेखेका छन् ।

यता, गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक मध्येका एक पूर्वडीआइजी छविलाल जोशी पक्राउ परेसँगै पार्टी सभापति रवि लामिछाने समेत पक्राउ पर्ने आशंकामा पार्टी कार्यालयमा कार्यकर्ताको २४ घण्टे पहरा सुरु भएको छ । छविलाल जोशी पक्राउ परेलगत्तै काठमाडौंमा भएका कार्यकर्ता आइतबार राति पार्टी कार्यालय पुगेका थिए भने सभापति लामिछानेले त्यहीँबाट सम्बोधन गर्दै पक्राउ गरिए प्रतिवाद गर्ने धम्की दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*