शिवम होल्डिङ्ग्सद्वारा लाभांश घोषणा

७ आश्विन २०८१, सोमबार ०९:१६

काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारिका लागि कम्पनीले असोज ३० गते अनामनगर काठमाडौँमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुहा साथै आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*