बालेनलाई ‘बालुवाटार’बाट चुनौति : विद्यालयको ९ रोपनी जग्गामा व्यापारिक भवन ठड्याउन सुरु

७ आश्विन २०८१, सोमबार ०९:००

काठमाडौं । काठमाडौं महानगरपालिका-४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको नौ रोपनी ६ आना जग्गामा भूमाफियाको पञ्जा परेको छ । उनीहरुले विद्यालयको जग्गामा पाटी पुनःनिर्माणका नाममा कब्जाको योजना बनाएका भेटिएको छ । २०७६ साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको विद्यालयमा हाल कक्षा १२ सम्म पठनपाठन भइरहेको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली निकट ४ नम्बर वडाध्यक्ष दिनेश महर्जन भूमाफियाको प्रलोभनमा परेर विद्यालयको नाममा लालपूर्जा रहेको जग्गामा व्यवसायिक भवन निर्माण गर्न सहमत भएको बताइएको छ ।

यसलाई काठमाडौं महानगरका मेयर बालेनलाई चुनौति थपिएको रुपमा अथ्र्याउन थालिएको छ । त्यसै त मेयर बालेन प्रधानमन्त्री केपी ओलीसँग चिढिएर सञ्जालमा तीब्र आलोचना गरिरहेका छन् भने उनलाई छिर्के हान्ने वडाध्यक्षको योजनाले झगडा झन् बढ्ने अड्कल गरिएको छ । स्थानीयले भने विद्यालयलाई धराशायी बनाउने योजना घृणित र लाजमर्दो भएको भन्दै प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*