सिद्धार्थ बैंकद्वारा क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने १०१ जनाको नाम सार्वजनिक

७ आश्विन २०८१, सोमबार ०८:३०

काठमाडौँ । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने १०१ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले आज राष्ट्रिय प्रत्रिकामा नै नाम सार्वजनिक गरेको हो ।

क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक भएके छ । क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह समेत बैंकले गरेको हो ।

बैंकले पटक-पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएको बैंकले जनाएको छ ।

सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*