एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

७ आश्विन २०८१, सोमबार ०८:१०

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात् असोज ७ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरणका लागि असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हुँदा असोज ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थसहित ५।५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले ३०औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा असोज २० गतेआइतबार आम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

त्यस्तै, सभाले बोनस शेयर जारीपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हुँदा असोज ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*