रणनीतिक र अनुशासित बीमाको बिकास गरेर अघि बढ्छौंः सन नेपाल लाइफ सिइओ अर्याल

६ आश्विन २०८१, आईतवार १९:०२

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राज कुमार अर्यालले रणनीतिक र अनुशासित बीमाको बिकास गरेर अघि बढ्ने बताएका छन् । कम्पनीको सातौँ वार्षिकोत्सवमा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले गर्ने सक्ने काम धेरै छन् । सन नेपाल लाइफ दिर्घकालिन रणनीतिका साथ अघि बढ्छ । अबको १० वर्षपछि हामी कहा पुग्ने २० वर्षपछि कहा पुग्ने भन्ने एउटा रणनीतिका साथ कम्पनी अघि बढेको छ । अनुशासित बीमाको बिकासमा हाम्रो जोड दिन्छौं ।’

उनले ग्राहकको आवश्यकता र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आफ्नो सेवाहरूलाई थप प्रभावकारी बनाउन प्रतिबद्ध जनाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*