सिन्धु विकास बैंकमा संचालक संजिव प्रधानको राजिनामा स्वीकृत
६ आश्विन २०८१, आईतवार १६:२०
काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडका संचालक संजिव प्रधानले व्यक्तिगत कारण देखाउँदै संचालक पदबाट राजिनामा दिएका छन्। उनले मिति भदौ २६ गते राजिनामा दिएका हुन् ।
प्रधानको राजिनामा असोज ५ बाट लागू हुने गरि संचालक समितिको बैठकले स्वीकृति गरेको छ ।