दोहोरो अकंले बढ्यो बजारः कारोबार रकम भने ५ अर्बमा सीमित, दशैंको बिक्री दबाब कति ?

६ आश्विन २०८१, आईतवार १५:०६

काठमाडौँ । तिन दिनको राताम्य यात्रामा ब्रेक लागेको छ । निरन्तर तीन दिन ओरालो लागेको बजार आज भने बढेको हो ।

बजार बढेपनि पछिल्लो समय शेयर बजार सेलाउँदै गएको छ । अस्वभाविक रुपमा मूल्य बढेर ३०४८ बिन्दुमा पुगेको बजार निरन्तर ओरालो दिसा तिर लागि रहेको छ । बैंकको ब्याजदर घटी रहेको छ । तर, लगानीकर्ताको मनोबल समेत कमजोर हुँदा अझै कर्जा माग गर्ने डराइ रहेको अवस्था छ ।

अर्थमन्त्री विष्णु पौडेल माथि लगानीकर्ताको आश ठुलो थियो । तर, उनी अर्थमन्त्री बनेको महिनौ वितिसक्दा समेत बोर्डले अध्यक्ष पाउन सकेको छैन नत बजार सुधारका लागि कुनै पोलिसि नै आउज सकेको छैन । विस्तार नियामक निकायको सक्रियता पनि केबल बोलि मै सीमित हुने हो कि भन्ने डर लगानीकर्तामा रहेको छ ।

यति बेला शेयर बजारमा दशैको बिक्री दबाब रहेको हुँदा माथि उठ्न सकेको छैन । आज बजार सुरुवातदेखि नै सकारात्मक यात्रा तिर लम्कि रहेको थियो । तर, २ बजेपछि मात्र बजार ओरालो तिर अग्रसर भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५८ अकंले बढेर २५८८.३५ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार ८ उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङसमूहको १.०१ प्रतिशत, विकास बैंक समूहको ०.६६ प्रतिशत, हाइड्रोपावर समूहको ०.३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*