रोजगारीको खोजीमा रहेकालाई स्वरोजगार हुने अवसर दिदै लिबर्टी माइक्रो लाइफ

६ आश्विन २०८१, आईतवार १३:४५

काठमाडौँ । नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको लक्ष्य अनुसार दक्ष जनशक्ति परिचालन गर्दै लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड लघु बीमा क्षेत्रमा सक्रिय भूमिका खेलिरहेको छ। कम्पनीले देशका बिकट र दूरदराजका क्षेत्रमा लघु जीवन बीमा योजनाहरूको वितरण गर्दै न्यून आय भएका व्यक्तिहरूको दिगो आर्थिक उन्नति सुनिश्चित गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

लिबर्टी माइक्रो लाइफले डिजिटल माध्यमहरूको प्रयोग गर्दै आफ्ना बीमा योजनाहरू छिटो, सहज र सरल तरिकाले वितरण गर्दै आएको छ। कम्पनीले आफ्ना ग्राहकहरूको आवश्यकताका आधारमा नवीनतम बीमा योजनाहरू बजारमा ल्याइरहेको छ र व्यक्तिगत तथा सामूहिक स्तरमा बीमा सेवाको प्रवाह गर्दैछ।

हालै, बीरगंज, लमजुंग, कुश्मा, तनहुँ, गैंडाकोट, रुपन्देही, नेपालगंज, बिराटनगर, लमही, दाङ लगायतका विभिन्न स्थानहरूमा जीवन बीमा सचेतना र अभिकर्ता तालिम कार्यक्रमहरू सक्रिय रूपमा सञ्चालन गर्दै लिबर्टी माइक्रो लाइफले गाउँ(गाउँ र घर(घरमा बीमा पहुँच पुर्याउने लक्ष्य राखेको छ।

कम्पनीले लघु जीवन बीमा अभिकर्ताका रूपमा कार्य गर्न इच्छुक व्यक्तिहरूका लागि देशभर तालिम सञ्चालन गर्दैछ। तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले तल दिइएको नम्बरमा सम्पर्क गर्न वा गुगल फारम भरि सिट सुरक्षित गर्न अनुरोध गरिएको छ।

यस अवसरले रोजगारीको खोजीमा रहेका व्यक्तिहरूलाई स्वरोजगारको मौका दिनेछ, साथै जीवन बीमा अभिकर्ताका रूपमा आम्दानी बढाउने अवसर पनि प्रदान गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*