सुनको मूल्यले बनायो नयाँ रेडर्क, अब प्रतितोला कति ?

६ आश्विन २०८१, आईतवार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

आज सुनको मूल्य एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*