नेरुडे मिर्मिरे लघुवित्तका अध्यक्ष फुयलले दिए राजीनामा, बोहरालाई जिम्मेवारी

६ आश्विन २०८१, आईतवार १०:१६

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक समिति अध्यक्ष पदमा श्री टेक बहादुर बोहरालाई नियुक्त गरेको छ। असोज ५ गते बसेको ३४९ औं संचालक समितिको बैठकले संस्थापक शेयरधनी बोहरालाई संचालकको रिक्त पदमा बोहरालाई नियुक्त गरेको हो ।

उनको कार्यकाल असोज ५ गतेदेखि लागू हुनेछ। यसअघि, संस्थाका अध्यक्ष सन्तोष फुयलले असोज ३ गतेसम्म संचालक समितिको सदस्य पदमा कायम रहने गरी अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उक्त राजीनामा असोज ४ गते बसेको ३४८ औं बैठकमा स्वीकृत भएको हो।

यो नियुक्तिपछि, टेक बहादुर बोहराको नेतृत्वमा संस्थाले थप सबल नेतृत्व प्राप्त गरेको विश्वास गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*