सन नेपाल लाइफद्वारा सातौँ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

६ आश्विन २०८१, आईतवार ०९:५५

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। समाजमा जीवन बीमाको महत्त्वलाई प्रबर्द्धन गर्ने उद्देश्यले असोज ६ गते प्रभातफेरी कार्यक्रम गरिएको हो ।

प्रभातफेरीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो । प्रभातफेरीको दौरानमा सहभागीहरूले जीवन बीमाको आवश्यकता र फाइदाबारे जनचेतनामुलक पोष्टरहरु बोकेका थिए । सहभागीहरूले विभिन्न मुख्य मार्गहरूमा प्रभातफेरी गर्दै बीमाको महत्त्वबारे जानकारी दिएका थिए।

यस प्रभातफेरी कार्यक्रमलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एक महत्वपूर्ण प्रयासको रूपमा लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*