नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिएका १२४२ जनाको विवरण गलत, विवरण सच्चाउन आग्रह

६ आश्विन २०८१, आईतवार ०९:१०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक (प्रशासन), सहायक (प्रशासन), र सहायक (सूचना प्रविधि) पदका लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा विज्ञापन गरिएका पदहरूमा आवेदन दिएका १२४२ आवेदकहरूको अनलाईन दरखास्त फाराममा कागजात अपुग भएको जनाएकोछ ।

विज्ञापन नं. १२/२०८१, १३/२०८१, र १४/२०८१ अनुसार अपुग कागजात पेस गर्नुपर्ने आवेदकहरूले मिति २०८१ असोज १० गतेससम्ममा आवश्यक कागजातहरू पेश गर्न भनिएको छ।

उल्लिखित मितिभित्र आवश्यक कागजात नपेश भएमा आवेदन फाराम स्वतः अस्वीकृत हुने जनाइएको छ।

Redrafted-List-2081-

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*