ऋणीको घर जग्गा लिलाम बिक्री गर्दै कामना सेवा विकास बैंक

६ आश्विन २०८१, आईतवार ०८:४२

काठमाडौँ ।कामना सेवा विकास बैंकले विभिन्न शाखाहरूमा धितो सुरक्षणमा रहेका अचल सम्पत्तिहरू (घर/जग्गा तथा सवारी साधन) लिलाम बिक्री गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले २०८१ असोज ६ गते प्रकाशित सूचनामा, ऋण लिएको सम्झौताअनुसार रकम चुक्ता नगरेका ऋणीहरूमाथि बारम्बार मौखिक र लिखित आग्रह गर्दा पनि कुनै चासो नदेखाएको भन्दै सम्पत्तिहरू लिलाम गर्न प्रक्रिया अगाडि बढाएको हो।

सूचना अनुसार, इच्छुक व्यक्तिहरूले १५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्रमार्फत सम्पत्ति खरिद गर्न सक्नेछन्। लिलाम बिक्रीबाट पनि बैंकले आवश्यक रकम असुलउपर गर्न नसकेमा, बैंकले ऋणी र जमानीकर्ताहरूको अन्य सम्पत्तिबाट लेनदेन असुल गर्ने र कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम पठाउने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*