गणपति लघुवित्तमा रोजगारीको अवसर, यसरि दिनुहोस् आवेदन

६ आश्विन २०८१, आईतवार ०८:२२

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले शाखा प्रबन्धक (सुपरिवेक्षक कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि एसईई उत्तिर्ण गरेको देखि स्नातक तह उत्तिर्ण गरेको साथै बैंक तथा वित्तीय संस्थामा अनुभव भएका हुुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असोज १७ गते भित्र कम्पनीको इमेल वा बेवसाइट https://ganapatimicro.com.np/en/vacancy मार्फत आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*