‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ को बुक क्लोज मिति तय

६ आश्विन २०८१, आईतवार ०७:४७

काठमाडौँ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई वटा म्युचुअल फन्डको लाभांशका लागि बुक क्लोज मिति तय गरेको छ । क्यापिटलले ‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ को बुक क्लोज मिति तय गरेको हो ।

असोज १४ गते सोमबार बुक क्लोज गर्ने भएको हुँदा असोज १३ गतेसम्म कायम रहने इकाईधनीले मात्र लाभांश पाउनेछन् ।

प्रभु सेलेक्ट फन्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डका इकाईधनीलाई कर सहित ८.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*