नेपाल लाइफ इन्स्योरेन्सको गण्डकी प्रदेश स्तरीय कर्मचारी तालिम कार्यक्रम सम्पन्न

६ आश्विन २०८१, आईतवार ०७:३५

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेश स्तरीय अन्डरराइटिङ र आईटी अपस्किलिङ प्रशिक्षण कार्यक्रम पोखराको होटल पोखरा गाउँ, लेकसाइड पोखरामा सम्पन्न गरेको छ । गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारी सभापति रहेको उक्त तालिम कार्यक्रम गण्डकी प्रदेशका अपरेशनल इन्चार्ज बिष्णु बहादुर अधिकारीले सन्चालन गरेका थिए भने कार्यक्रममा कम्पनीको गण्डकी प्रदेश अन्तर्गतका १९ वटै शाखा/उपशाखा कार्यालयका सम्पुर्णजसो कर्मचारीको उपस्थिति रहेको थियो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका आइटी बिभाग प्रमुख शरद चन्द्र प्याकुरेल तथा अन्डरराइटिङ बिभाग प्रमुख सुलक्षणा अधिकारीले अन्डरराइटिङ तथा आइटी सम्बन्धि बहुआयामिक पक्षका अवसर, चुनौती तथा नियामकीय प्रावधानका बारेमा सहभागीहरुलाइ प्रशिक्षण प्रदान गरेका थिए ।

तालिम कार्यक्रममा गण्डकी प्रदेश कार्यालयले आव २०८०।८१ को कार्यसम्पादनको आधारमा प्रदेशभरका शाखा/उपशाखा कार्यालयहरु मध्ये बाट KPI Achiever, FPI Target Achiever, Incentive Target Achiever, Top 3 लगायतका बिधामा उत्कृष्ट शाखाहरु लाइ सम्मान गरेको थियो।

तालिम कार्यक्रमका सभापति, गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीका अनुसार कम्पनीले आयोजना गर्ने यस्ता प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको बृत्तिबिकासमा सहयोग पुग्ने, कार्यसम्पादनका दौरानमा आइपर्ने चुनौतीहरुको व्यवस्थापन गर्न सहयोग हुने तथा समग्र कम्पनीले दिने सेवा प्रवाहमा उल्लेखनीय प्रगति हुने बिश्वास प्रदेश कार्यालय पोखराले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*