शारडा र राठी समूहको मदिरा कम्पनी प्रिमियर अर्ग्यानिक्सको व्यापार बढ्यो, वर्षदिनमा १.१६ करोडको आम्दानी

४ आश्विन २०८१, शुक्रबार १८:५०

काठमाडौँ । शारडा र राठी समूहको मदिरा बनाउने प्रिमियर अर्ग्यानिक्स कम्पनीको कारोबार बढेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब१६ करोड ८० रुपैयाँको व्यापार गरेको हो ।

मदिरा बिक्री बढेकाले कम्पनीको व्यापार बढेको हो। पल पल, द हिमालयन रिजर्भ, ओल्ड मंक, ब्ल्याक स्टेलियन, रोयल रिजर्भलगायतका ब्राण्डका मदिरा कम्पनीले बिक्री गर्दै आएको छ ।

अघिल्लो वर्ष २०२२ मा ९३ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा ७१ करोड २० लाख र सन् २०२० मा ४२ करोड २० लाख रुपैयाँको कारोबार कम्पनीले गरेको थियो ।

कम्पनीले अन्नबाट निकाल्ने एक्स्ट्रा न्याचुरल स्पिरिट (जीइएनए) पनि बनाउँछ । जसको प्रयोगबाट भोड्का, ह्विस्की, रम, जिन लगायतका मदिरा उत्पादन हुने गर्छ ।

प्रिमियर डिस्टिलरी प्रा.लि. जसलाई २०१२ डिसेम्बर २६ मा स्थापना गरिएको थियो र पछि २०१३ मे १५ मा प्रिमियर अर्ग्यानिक्स प्रा.लि.मा परिवर्तन गरियो, हालको वर्षमा (२०२३) सार्वजनिक लिमिटेडमा रूपान्तरण भएको छ। कम्पनीको उत्पादन केन्द्र सुनसरी जिल्लाको दुहाबी–०४ मा स्थित छ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले प्रिमियर अर्ग्यानिक्सका लागि दीर्घकालीन बैंक सुविधाहरूमा IRN BB (डबल बी) र छोटो कालीन बैंक सुविधाहरूमा IRN A4 (A चार) को रेटिङ्ग पुनः पुष्टि गरेको छ। यस अनुसार, कम्पनीका दीर्घकालीन बैंक सुविधाहरूको लागि ल्एच् घण्ड.ढट मिलियन र छोटोकालीन बैंक सुविधाहरूको लागि 527 मिलियनको रेटिङ्ग कायम राखिएको छ।

यस वर्ष र विगत वर्षमा मदिरा उत्पादनको वृद्धि र घरेलु तथा अन्तर्राष्ट्रिय पर्यटनको सहयोगले कम्पनीको कुल सञ्चालन आय मा वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*