कर्जा लिएर शेयर खरिद गर्नेहरु बढ्दै, साउनमा कुन बैंकबाट कति लगे ऋण ?

४ आश्विन २०८१, शुक्रबार १६:२८

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको शेयर धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै बैंकहरुले १ अर्ब ३४ करोड ८३ करोड ७० हजार रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् ।

गभर्नर महाप्रसाद अधिकारीले चालु आवका लागि शेयर बजारका लगानीकर्तामैत्री मौद्रिक नीति सार्वजनिक गरेका थिए । उनले संस्थागत ऋणमा सिमा खारेज गरेका थिए भने व्यक्तिगत तर्फको शेयरधितो कर्जामा १५ करोडको सीमा यथावत नै राखेका थिए । सो नीतिको लगानीकर्ताले पनि स्वागत गरेका थिए । त्यसपछि केही हदसम्म सेयर बजार पनि बढेको थियो ।

पछिल्लो समय बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको छ । ब्याजदर सस्तिँदै गएपछि सेयर धितो राखी ऋण लिएर सेयर खरिदबिक्री गर्ने लगानीकर्ता बढेको हुन् । हालसम्म बैंकहरुले शेयर बजारमा कुल ७१ अर्ब ६९ करोड ३० लाख रुपैयाँ लगानी गरेका छन् । गत असारसम्म बैंकहरुले कुल ७० अर्ब ३४ करोड ४० लाख रुपैयाँ शेयरयरधितो कर्जा प्रवाह गरेका थिए ।

साउनमा ११ वटा बैंकले शेयर धितो कर्जा प्रवाह गरेका छन् । त्यस बाहेकका बाँकी बैंकहरुले पुरानै कर्जा असुलीमा लागेको देखिन्छ । साउनमा सबैभन्दा धेरै शेयर कर्जा कुमारी बैंकले प्रवाह गरेको छ । एकै महिना मात्र कुमारीले ९० करोड १५ लाख रुपैयाँ शेयर कर्जा प्रवाह गरेको छ ।

साउनमा सर्वाधिक शेयर धितो कर्जा दिने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकबाट लगानीकर्ताले शेयर धितोमा ६० करोड ६८ लाख रुपैयाँ कर्जा लिएका छन् ।

एकै महिनाको अवधिमा प्राइम कमर्सियलले ४८ करोड ४० लाख, लक्ष्मी सनराइजले ४७ करोड ५९ लाख, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले ३३ करोड ८१ लाख, एनएमबिले २४ करोड ९१ लाख र नेपाल एसबिआईले २२ करोड ७८ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

त्यस्तै, नेपाल बैंकले १४ करोड ६० लाख, सिद्धार्थ बैंकले ११ करोड ६० लाख रुपैयाँ, सिद्धार्थ बैंकले ११ करोड ६७ लाख, माछापुच्छ्रे बैंकले ४ करोड ४१ लाख र सिटिजन्सले ३ करोड ४० लाख रुपैयाँ सेयरधितो लगानी गरेका हुन् ।

आठ बैंकको घट्यो

साउनमा कृषि विकास बैंक, हिमालयन, सानिमा, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, प्रभु, एनआइसी एसिया र नबिल बैंकले शेयरधितो कर्जा घटाएका छन् ।

समिक्षा महिना नबिल बैंकले ७० करोड ९६ लाख, एनआइसी एशिया बैंकले ४७ करोड ६९ लाख, प्रभुले ३० करोड ८३ लाख, राष्ट्रिय वाणिज्य बैंकले २९ करोड ३७ लाख, एभरेष्टले २३ करोड ७६ लाख र सानिमाले १३ करोड ६० लाख रुपैयाँ घटाएका हुन् । यता, हिमालयन बैंकले ९ करोड २२ लाख, कृषि विकासले २ करोड १४ लाख रुपैयाँ शेयर कर्जा घटाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*