पेशागत बीमा अभिकर्ता संघद्वारा नेपाल बीमा प्राधिकरणमा ज्ञापन पत्र, माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी

४ आश्विन २०८१, शुक्रबार १४:०२

काठमाडौं । नेपाल पेशागत बीमा अभिकर्ता संघले आज बीमा प्राकिरणको केन्द्रीय कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका छन् । संघका अध्यक्ष केदार बहादुर अधिकारी तथा महासचिव ओम केसीसहितका केन्द्रीय पदाधिकारीहरु बीमा प्राधिकरणमा पुगेर बीमा नियमावलीमा संशोधन तथा समावेश हुनुपर्ने १७ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई पेशागत बीमा अभिकर्ताहरुले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र ग्रहण गर्दै बीमा प्राधिकरणले भने बीमा अभिकर्ताहरुले उठाएको जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोछ । यद्यपि बीमा अभिकर्ताहरुले भने माग सम्बोधन हुनेमा कम आशावादी रहेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बीमा प्राधिकरणले सुरुमा बीमा अभिकर्तासँग छलफल नै नगरी बीमा नियमावली मस्यौदा बनाएर सुटुक्क अर्थमन्त्रालयमा पेश गरेको थियो । अहिले अर्थले पनि प्राधिकरणकै मस्यौदालाई आधार मानेर बीमा नियमावली पास गर्न खोजेपछि अप्ठेरो परिरहेको छ । बीमा अभिकर्ताहरुले बीमा प्राधिकरणका विरुद्धमा सम्झौताहिन आन्दोलनको चेतावनी दिँदै आएका छन् ।

पेशागत बीमा अभिकर्ता संघले बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ बमोजिम खाईपाइ आएको सेवा सुविधा कटौति हुन नहुने, एग्रिगटेर लाइसेन्स गैर कानुनी रुपमा वितरण गर्ने विषय बीमा नियमावलीमा समावेश गरिएकोले सो हटाउनुपर्ने, बैंक तथा वित्तीय संस्था वा अन्य कुनै पनि संस्थालाई बीमा अभिकर्ताको लाइसेन्स दिन नहुने लगायतका मागहरु अघि सारेका छन् ।

त्यस्तै, बीमालेख शतप्रतिशत नविकरण भएको प्रमाण पेश गरेपछि मात्रै बीमा अभिकर्ताको लाइसेन्स नविकरण हुने व्यवस्था खारेज गर्नुपर्ने, एकल बीमा शुल्कलाई पनि सेवा सुविधा तथा इन्टेन्सिभको रुपमा गणना गर्न दिइनुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।

 

pesagat beema abhikarta sangh

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*