सीटीईभीटीले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने

४ आश्विन २०८१, शुक्रबार ११:०६

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । परिषद्ले आज एक सूचना प्रकाशित गर्दै यस्तो जनाएको हो ।

प्रि–डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने आग्रह गरिएको छ । प्रशिक्षणमा सहभागी हुन एसईई वा एसएलसी परीक्षामा सहभागी भएको, प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*